काठमाडौं । त्रिकोणात्मक टी–२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा आज नेपाल नेदरल्याण्ड्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान साढे ११ बजे शुरु हुनेछ।
पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएकाले नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ। नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म टी–२० आईमा ९ खेल भएका छन्। दुवैले समान चार खेलमा जित हात पारेका थिएभने एक खेल रद्द भएको थियो।