काठमाडौं । अन्तिम मिनेटमा गोल गर्दै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबमा आज बिहान सम्पन्न खेलमा लेवनान माथि २–१ को जित निकाल्दै नेपाल पहिलो पटक वाफ च्याम्पियनसिपको फाइनलमा पुुगेको हो । नेपालले उपाधिका लागि ििहवार जोर्डनसँग खेल्ने छ ।
बरावरीको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेपछि नेपाल उपाधि नजिक पुुगेको हो । जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितीबाट पुनरागमन गरेको हो । खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो ।
डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुंदा नेपाल पछि परेको थियो । दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्यो । ७६औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरिन् । सावित्राले रश्मी कुमारी घिसिङको पासमा गरेको प्रहार लेवनानी गोलकिर लमिटाले रोकेपनि पूर्ण रुपमा क्लियर गर्न सकिनन् ।
रिबाउन्ड बल डिफेण्डर अमिनाले क्लियर गर्ने प्रयास गरेपनि सावित्राले चलाखीपूर्वक अघि बढ्दै गोल गर्न सफल भइन । नेपालले खेलेको चारै खेलमा गोल गरेकी सावित्राले नौ गोल गरिसकेकी छिन् । हो । उनले सिरिया विरुद्ध एक, इराक विरुद्ध पाँच र प्यालेस्टाइन विरुद्ध २ गोल गरेकी थिइन् । फाइनलमा नेपालले बिहिवार पाँच पटकको जिेता जोर्डनको सामना गर्नेछ ।