नामिबियाले नेपाललाई दियो २ सय ७ रनको लक्ष्य

नामिबियाले नेपाललाई दियो २ सय ७ रनको लक्ष्य

मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • नामिबियाले नेपाललाई दियो २ सय ७ रनको लक्ष्य

    काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ७ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायाे ।

    नामिबियाका जान निकाेल लफ्टी एटाेनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमै शतक बनाउँदै नेपालका कुशल मल्लकाे रेकर्ड ताेडे । यसअघि नेपालका कुशल मल्लले मङ्गाेलियासँगकाे खेलमा ३४ बलमा शतक बनाएका थिए । लफ्टी एटन ३६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै मलन क्रुगेरले ५९ रन बनाए । नेपालका कप्तान राेहित पाैडेलले २ विकेट लिए ।

    आजदेखि शुरु भएकाे शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । नेपालले याे शृङ्खलालाई आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रूपमा लिएको छ । नामिबिया र नेदरल्यान्ड्सले पनि विश्वकप खेल्दैछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij