तीनजना सवार मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

तीनजना सवार मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • तीनजना सवार मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    भद्रपुर । दमक नगरपालिका–१० सेतुमारी चोकनजिकै मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

    चालकसहित तीनजना सवार मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

    उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई छन् । 

    यसैगरी, मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताए । 

    मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij