महानगरले चार अस्पतालको फोहर सङ्कलन नगर्ने

महानगरले चार अस्पतालको फोहर सङ्कलन नगर्ने

आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • महानगरले चार अस्पतालको फोहर सङ्कलन नगर्ने
    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चार अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ । महानगरले अर्को व्यवस्था नभएसम्मका लागि आईतवारदेखि चारवटा अस्पतालको फोहर सङ्कलन गर्न छाडेको हो । महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको हो ।
     
    कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै फोहोर संकलनमा रोक लगाएको हो ।  यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर सङ्कलनमा रोक लगाएको थियो । 
     
    फोहर सङ्कलनमा रोक लगाइएका अस्पताललाई सङ्क्रमित फोहर निःसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । 
     
    ल्याण्डफिल साइटमा मानव स्वास्थ्यका लागि हानीकारक फोहर नपुगोस् भनेर रोक लगाइउको महानगरले जनाएको छ । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कामपाले दुई हप्तादेखि अस्पतालजन्य फोहरको नियमित अनुगमन गदैँ आएको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहरमैला सङ्लन, पुनः उपयोग, प्रशोधन, विसर्जन र त्यसको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij