नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

    काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा १ सय ७२ रन बनाएको हो ।

    नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए। आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।

    दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन्। गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे ।

    नेदरल्यान्ड्सका भिभियान किङ्मा र आर्यन दत्तले तीन÷तीन विकेट लिए। बास डे लिडेले २ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij