त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।

    यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेका दुवै टोली आज जितहातपार्दै दुुई अंक थप्ने योजनाका साथ अघि बढ्नेछन् । नेपाल आज विजयी नतिजासहित घरेलु मैदानमा आयोजित शृंखलाको अन्त्य गर्ने लक्ष्यका साथ मैदानमा उत्रने भएको छ । यसअघिको खेलमा नेदरल्यान्ड्समाथि नौ विकेटको सानदार जित हात पारेकाले पनि नेपाली खेलाडीको मनोवल उचच रहेको छ । 
     सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटको पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको थियो । तीन खेल खेलेको नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ ।

    नेपालसँग हार बेहोरेको नेदरल्यान्ड्सले  दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेदरल्यान्ड्स नामिबियासंग २४ रनले पराजित भएको थियो । पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया तीन खेलमा बिजयी हुंदै छ अंकसहित लिग–२ तालिकाको शीर्ष स्थानमा छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij