प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित, सेमिफाइनलमा लेबनानसँग खेल्ने

प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित, सेमिफाइनलमा लेबनानसँग खेल्ने

आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित, सेमिफाइनलमा  लेबनानसँग खेल्ने

    काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई पराजित गरेको छ ।

    आइतबार बिहान सम्पन्न खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो ।

    नेपालका लागि सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गिता पौडेलले एक/एक गोल गरे। सावित्रा भण्डारीले नेपालका लागि ४२ औं मिनेटमा गोल गरेकी थिइन् ।

    त्यस्तै खेलको ५९ र्औ मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई २–० को अवस्थामा पुर्याएकी थिइन् । भने भण्डारीले ७८ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । त्यस्तै गीता पौडेलले खेलको अतिरिक्त समयमा नेपालले पाएको पेनाल्टी सदूपयोग गर्दे गोल गरेकी थिइन् ।


    यसअघि नै प्रतियोगिताको सेमिफाइन पुगेको नेपाल आजको जितसँगै समूह ‘बी’ विजेता बनेको छ । भने प्यालेस्टाइन उपविजेता बनेको छ । समुह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् । नेपालले अब मंगलबार सेमिफाइनलमा लेबनानको सामना गर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij