काठमाडौँ । नेपाल एक खेलअघि नै वाफ वुमेन्स च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा पुुगेको छ । बिहीबार सम्पन्न खेलमा इराकलाई पाँच शुुन्य अन्तरले हराएको नेपालले लगातार दुुई खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको हो । नेपाल रहेको समूह ‘बी’ अर्को खेलमा प्यालेस्टाइनले सिरियालाई १–० ले हराएपछि नेपालसंगै प्यालेस्टाइन पनि अन्तिम चारमा पुगेको छ ।
सो समुहका दुवै टिमले लगातार दुई जित निकालेका छन् र यससँगै दुवै टिमको समान छ अंक भएपनि गोल अन्तरका आधारमा नेपाल समूहको शीर्षमा स्थानमा रहेको छ । सिरिया र इराक भने प्रतियोयोगिताबाट बाहिरिएका छन् । शनिबार उनीहरूबीचको लिग चरणको खेल औपचारिक मात्र रहनेछ । सोही दिन नेपाल र प्यालेसइनबीच खेल हुनेछ । सोहि खेलको नतिजाले समूह बिजेताको टुुंगो लगाउँनेछ ।
प्रतियोगिताको अर्को समूहबाट तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन र लेवनान सेमिफाइलन पुगिसकेका छन् । दुवै टिमले लगातार दुई जित निकालेका हुुन् । सो समूहबाट आयोजक साउदी अरेबिया र ग्वाम बाहिरिएका छन् । आज लेवनान र जोर्डन तथा साउदी अरेबिया र ग्वामबीच खेल हुनेछ । लेवनान र जोर्डनबीचको खेलले समूह विजेता निर्धारण गर्नेछ ।