काठमाडौं । नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । आज भएको आईसीसी मेन्स क्रिकेट विश्व कप लिग–२ सिरिज अन्तर्गतको खेलमा नेपालले दिएको १६८ रनको लक्ष्य नामिबियाले ६० बल बाँकी रहँदै ८ विकेट गुमाएर पुरा गरेको हो ।
नेपालका कुशल भुर्तेलले नामिबियाको ३ विकेट ढालेका छन् । कप्तान रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र कुशल मल्लले खेलमा एक–एक विकेट लिए ।