नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आशिफ शेखको अर्धशतक

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आशिफ शेखको अर्धशतक

बुधवार, फाल्गुण ९ २०८०
बुधवार, फाल्गुण ९ २०८०
  • नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आशिफ शेखको अर्धशतक

    काठमाडौं । टस हारेर ब्याटिङ गरेकाे नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । आज भएको आईसीसी मेन्स क्रिकेट विश्व कप लिग–२ सिरिज अन्तर्गतको खेलमा नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको हो । 

    नेपालका लागि आशिफ शेखले अर्धशतक पुरा गरेका छन् । उनले खेलमा ५८ रनको योगदान दिए । त्यस्तै, कुशल मल्लले ३६ रन, भिम सार्कीले २६ रन, कुशल भुर्तेलले १८ रन र करण केसीले १२ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij