काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिवियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् । १६.५ ओभरमा छक्का हानेसँग उनले ५३ रन पुर्याएका हुन् ।
अहिले नेपालले ३ विकेट गुमाएर ९६ रन बनाएर खेलिरहेको छ । शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् । कुशल मल्ल २१ रनमा खेल्दैछन्।यसअघि नेपालले कुशल भुर्तेललाई १८, अनिल र देव खनाललाई शून्य रनमै आउट भएका थिए ।