छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ

छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ

    तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् । 

    स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । खालबाट १६ थान कौडा बरामद भएको छ । उनीहरुमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij