धनगढीबाट ३६ किलो चरेस बरामद

धनगढीबाट ३६ किलो चरेस बरामद

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • धनगढीबाट ३६ किलो चरेस बरामद

    काठमाडौं । धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको जानकारी दिएको हो ।

    वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो ।

    तर, चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् । परिचय नखुलेका उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij