भक्तपुरमा लागू औषध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ

भक्तपुरमा लागू औषध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • भक्तपुरमा लागू औषध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ

    भक्तपुर । भक्तपुरमा मेडिकल सञ्चालन गरि लागू औषध कारोबार गर्ने एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले लागू औषध कारोबार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ नगरपालिका चोक स्थित राज मेडिकलका सञ्चालक राजनारायण साहलाई पक्राउ गरेको हो । 

    उक्त मेडिकलबाट लागू औषधको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत ठिमी भक्तपुरबाट खटिईएको प्रहरी टोलीले कानून बमोजिम उक्त मेडिकलमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उक्त मेडिकलबाट ठूलो परिमाणमा ४ किसिमका लागू औषध फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्र.ना.उ. ढुण्डीराज नेउपानेले जानकारी दिए । 

    लागू औषध फेला पारी बरामद गरेपछि मेडिकलका सञ्चालक रौतहट देवाही गोनाही नगरपालिका वडा नं. ३ घर भई हाल पुरानोठिमी बस्ने साहलाई पक्राउ गरि थप अनुसन्धान अगाडी बढाइएको सूचना अधिकारी नेउपानेले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij