नेपालले भारतका राज्यस्तरीय टोलीसँग टी–२० शृंखला खेल्ने

नेपालले भारतका राज्यस्तरीय टोलीसँग टी–२० शृंखला खेल्ने

मंगलवार, फाल्गुण ८ २०८०
मंगलवार, फाल्गुण ८ २०८०
  • नेपालले भारतका राज्यस्तरीय टोलीसँग टी–२० शृंखला खेल्ने

    काठमाडौँ । नेपालले चैतमा भारतका राज्यस्तरीय टोलीसँग टी–२० शृंखला खेल्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकपको तयारीस्वरूप पहिलो पटक भारतको राज्यस्तरीय टोलीसँग खेल्न लागेको हो । नेपाल क्रिकेट संघका अनुसार, नेपालले भारतको बरौदा र गुजरात क्रिकेट संघको टोलीसँग त्रिकोणात्मक टी–२० प्रतियोगिता खेल्न लागेको हो । 

    गुजरात क्रिकेट एसोसिएशन र बरौदा क्रिकेट एसोसिएशनले फ्रेन्डशिप कप त्रिकोणात्मक टी–२० शृंखलामा नेपाललाई खेलाउन सहमत भएसंगै खेलको मिति तय भएको हो । क्यानका अनुसार सो प्रतियोगिता आगामी चैत १८ देखि चैत २५ गतेसम्म आयोजना हुनेछ। नेपालले चैत १८ गते र चैत २१ गते गुजरातसँग तथा चैत २० गते र चैत २३ गते बरौदासँग खेल्नेछ। 

    लिग चरणमा तीनै टोलीले अर्को टोलीसँग २ खेल खेलेपछि शीर्ष २ टोली उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। टी–२० विश्वकप आगामी जेठ १८ गते देखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदै छ। प्रतियोगिता अन्तर्गत नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन्।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij