सुनको रिङ र नगदकाे लाेभमा आमाको हत्या गर्ने छोरा पक्राउ

सुनको रिङ र नगदकाे लाेभमा आमाको हत्या गर्ने छोरा पक्राउ

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • सुनको रिङ र नगदकाे लाेभमा आमाको हत्या गर्ने छोरा पक्राउ

    काठमाडौं । काभ्रेमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । रोशी गाउँपालिका-३ भञ्ज्याङगाउँ बस्ने ६९ वर्षीया माइली लामाको हत्या गरेको आरोपमा उनका २८ वर्षीय छोरा फुर्साङ लामालाई पक्राउ गरेको हो ।

    कात्तिक १६ गते अपराह्न सवा ४ बजे माइली आफ्नो घरको भान्सामा मृत भेटिएकी थिइन् ।

    उनी मृत फेला परेको खबरपछि इलाका प्रहरी कार्यालय मंगलटार र जिल्‍ला प्रहरी कार्यालय काभ्रेबाट टोली खटिएर अनुसन्धान अघि बढाएको थियो ।

    तालिम प्राप्त कुकुर पनि खटाएर अनुसन्धान अघि बढाएको थियो ।

    प्रहरीले तत्कालै मृतकका कान्छा छोरा फुर्साङलाई पक्राउ गरी सोधपुछ थालेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ । 

    फुर्साङले कोठामा सुतिरहेकी आमाको सुनको रिङ र नगदको लोभले सिलौटोले हानेर अचेत बनाएको प्रहरीले जनाएको छ ।

    अचेत बनेकी आमालाई पुन: आग्लो प्रहार गरी हत्या गरेको आरोप उनीमाथि छ । घटनापछि उनी सुनको रिङ र नगद लिएर फरार भएका थिए । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

    प्रहरीले घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्‍न अनुमति पाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij