स्रोत नखुलेको ५ लाखसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ५ लाखसहित भारतीय नागरिक पक्राउ

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • स्रोत नखुलेको ५ लाखसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं ।  स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

    नेपालबाट भारततर्फ साइकलमा जादै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जनाइएको छ । 

    पक्राउ परेका चौधरीले रकमको स्रोत खुलाउन नसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij