करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • करेन्ट लागेर एक युवकको मृत्यु

    काठमाडौं । धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् ।

    सोमबार साँझ जनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मण्डलको मृत्यु भएको हो ।

    छिमेकीको पूजाको लागि जेनेरेटरको लाइन जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई करेन्ट लागेको थियो । उद्धार गरेर तुरुन्तै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

    मृतकको शव पोस्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij