आईसीसी विश्वकप लिग–२ मा नेपालको सानदार जित, नेदरल्यान्ड्स नौ विकेटले पराजित

आईसीसी विश्वकप लिग–२ मा नेपालको सानदार जित, नेदरल्यान्ड्स नौ विकेटले पराजित

शनिवार, फाल्गुण ५ २०८०
शनिवार, फाल्गुण ५ २०८०
  • आईसीसी विश्वकप लिग–२ मा नेपालको सानदार जित, नेदरल्यान्ड्स नौ विकेटले पराजित

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले सानदार जित हात पारेको छ । शनिबार किर्तिपुरस्थित मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई  ९ विकेटले पराजित गरेको हो  नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो ।

    नेपालका दुई ब्याट्स मेनले अर्धसतक बनाए । नेपालका लागि ओपनर आसिफ शेखले  ४५ बलमा  ८ चौका र १ छक्कासहित ५४ रन बनाए । अनिल साहले विस्फोटक पाली खेल्दै ३६ बलमा ५७ रन बनाए । उनले ६ चौका र ४ छक्का हिर्काए । कुशल भुर्तेलले ११ बलमा २ चौका र ३ छक्कासहित २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका थिए ।

    यसअघि राम्रो बलिङ प्रदर्शन गरेको नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा समेटेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे ।

    त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे । नोआ क्रोएसले १२ रन बनाउँदा म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए ।

    ललित राजवंशीले २ तथा सोमपाल कामी र रोहित पौडेलले समान एक विकेट हात पारे । पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij