नेदरल्याण्ड्सले दियो नेपाललाई १३८ रनको लक्ष्य, कुशल भूर्तेलले लिए ४ विकेट

नेदरल्याण्ड्सले दियो नेपाललाई १३८ रनको लक्ष्य, कुशल भूर्तेलले लिए ४ विकेट

शनिवार, फाल्गुण ५ २०८०
शनिवार, फाल्गुण ५ २०८०
  • नेदरल्याण्ड्सले दियो नेपाललाई १३८ रनको लक्ष्य, कुशल भूर्तेलले लिए ४ विकेट

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्डसँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो ।

    नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए । साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भए ।

    नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिएका छन् । सोमपाल कामी र रोहितकुमार पौडेलले १÷१ विकेट लिए । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।

    आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । सोमपाल कामीले तेस्रो बलमा माइकल लेभिटलाई शून्य रनमा आउट गर्दै नेपालले राम्रो सुरुवात दिलाएका थिए ।

     

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij