काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९ः१५ बजेदेखि खेल सुरु भएको छ ।
नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ सुरुवात गरेकोे नेपालले पहिलो खेलमा बिहिवार नामेवियासंग चार विकेटको हार व्यहोरेको थियो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ ।
नेपालले तेश्रो खेल फागुन ९ मा नामिबिया र चौथो खेल फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ। लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ ।
यसअघि सम्पन्न आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल १३औँ स्थानमा रहेको नेदरल्यान्ड्सलाई पछि लिग–२ मा थपिएको हो । घरेलु मैदानमा आयोजना हुने लिग–२ को पहिलो शृङ्खलाका लागि नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा अन्तिम टोलीको घोषणा गरेको छ ।
टोलीमा रोहितकुमार पौडेल आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।