प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन

प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन

    काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । गए राति मुम्बईस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

    टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले एक वक्तव्य जारी गर्दै रतन टाटाको निधन भएको पुष्टि गरेका भारतीय मिडियाले उल्लेख गरेका छन् । उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायतले दुःख व्यक्त गरेका छन् ।

    भारतमा उद्योगी रतन टाटा निकै लोकप्रिय थिए । राष्ट्रपति द्रौपदी मुर्मूले उनको निधनले भारतले कर्पोरेटको विकासलाई देशको विकाससँग जोड्ने तथा उत्कृष्टतालाई नैतिकतासँग जोड्ने एक आइकन गुमाएको टिप्पणी गरेकी छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले टाटा एक भिजनकारी बिजनेस लिडर भएको टिप्पणी गरेका छन् । टाटाले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएको मोदीले स्मरण गरेका छन् ।

    २८ डिसेम्बर सन् १९३७ मा जन्मिएका टाटाको ९ अक्टोबर २०२४ मा निधन भएको हो । भारत सरकारले उनलाई पद्म विभुषणले सम्मान गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij