सोह्र श्राद्धमा मात्रै मुस्ताङ भित्रिए २० हजार ४ सय पर्यटक

सोह्र श्राद्धमा मात्रै मुस्ताङ भित्रिए २० हजार ४ सय पर्यटक

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • सोह्र श्राद्धमा मात्रै मुस्ताङ भित्रिए २० हजार ४ सय पर्यटक

    काठमाडौं । सोह्र श्राद्धमा आफ्ना दिवङ्गत आफन्तजनलाई पिण्ड दान गर्न तथा मुस्ताङ घुम्न जाने पर्यटकहरूको संख्या २० हजार भन्दा बढी रहेको छ ।

    सोह्र श्राद्ध सुरु भएको असोज दुई गतेदेखि श्राद्धको अन्तिम दिन असोज १६ गतेसम्म २० हजार चार सय ४६ जना मुस्ताङ प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । भदौमा भएको वर्षा असोजसम्म नआउँदा बाटो सहज बनेको तथा सोह्र श्राद्ध समेत भएको बेलामा कागबेनी जाने सवारीहरूको चाप बढेको हो ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार भदौ महिनाभरमा मुस्ताङमा प्रवेश गरेका सवारीहरूको दैनिक औसत संख्या एक सय १३ रहेको थियो भने असोज दुई गतेपछिको तथ्याङ्कमा दैनिक औषत दुई सय ७० वटा सवारीहरू मुस्ताङ पुगेका छन् । असोज दुई बाट १६ सम्म दैनिक क्रमशः तीन सय ३८, दुई सय ७८, दुई सय ८१, दुई सय ३३, दुई सय ७३, दुई सय ६५, दुई सय ७३, दुई सय ८६, दुई सय ६२, एक सय ८२, एक सय ५४, एक सय ५८, छ सय ४९, दुई सय छ र दुई सय छ वटा सवारीहरू मुस्ताङ पुगेका हुन् ।

    उक्त अवधिमा आन्तरिकतर्फ नौ हजार दुई ६५ जना पुरुष र पाँच हजार पाँच सय ८५ जना महिला गरी १४ हजार आठ सय ५० जना, सार्क राष्ट्रबाट दुई हजार सात सात पुरुष र दुई हजार पाँच सय २९ महिला गरी पाँच हजार दुई सय ३६ जना र अन्य देशका दुई हजार नौ सय २४ पुरुष र दुई हजार छ सय ७२ महिला गरी पाँच हजार पाँच सय ९६ जना मुस्ताङ पुगेका प्रहरीले जनाएकाे छ ।

    विगतमा सोह्र श्राद्ध तिथि अवधिभरमा १० हजार भन्दा बढी सवारी साधनहरू मुस्ताङ जाने गरेको प्रहरीको तथ्याङ्क छ । तर यस वर्ष भएको अविरल वर्षा, वर्षाका कारण सडकका ठाउँ ठाउँमा जाने पहिरो, मौसविद्हरूले बाढी पहिरोको जोखिमका कारण अत्यावश्यक बाहेक यात्रा नगर्न दिएको सुझाव लगायतका कारण मुस्ताङ जानेहरूको संख्यामा कमी आएको हो ।

    बडादसैँ र चैते दसैँ सुरु हुने औँसी र सोह्र श्राद्धमा कागबेनीमा पुगेर पिण्ड दान गर्दा दिवङ्गत भएकाहरूले मुक्ति पाउने विश्वास गरिन्छ । पिण्ड दान गरेपछि कोही तीर्थालु फर्किन्छन् भने कोही मुक्तिनाथ जाने गरेका छन् । अघिल्लो पटक मुक्तिनाथ गएकाहरू पिण्ड दान गरेर फर्किने गरेको भए पनि पहिलो पटक मुस्ताङ पुग्नेहरू मुक्तिनाथ जाने नै गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij