काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर १ लाख ६० हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार पनि सुनको मुल्य ८ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, चाँदीको मूलय प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।