शिगेरु इशिबा औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित

शिगेरु इशिबा औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • शिगेरु इशिबा औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित

    जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबाले मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा जापनको  प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।  

    नव–निर्वाचित इसिबाले देशमा बढ्दै गएको आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर– २७ का लागि आकस्मिक निर्वाचन बोलाउन चाहेको बताएका छन् । एलडिपीको बहुमत रहेको जापानी संसदले मङ्गलबार इसिबाको नियुक्तिलाई अनुमोदन गरेको छ भने बुधबार नयाँ मन्त्रीपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको  छ ।  

    पूर्व मुख्य क्याबिनेट सचिव कत्सुनोबु काटोलाई अर्थमन्त्री बन्ने सुझाव दिइएको तथा जनरल नाकातानीले रक्षा र ताकेसी इवायाको विदेश मामिला लिने स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

    इसिबाको जितले “एलडिपीले अर्को राष्ट्रिय चुनावमा पार्टीलाई नेतृत्व गर्न मतदाताको अपिल भएको अनुभवी नेताको खोजी गरेको सङ्केत गरेको सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडीजका युको नाकानोले बताएका छन् ।  

    सत्तारूढ गठबन्धनले नयाँ जनादेश प्राप्त गरे पछि इसिबाले मतदाताले महसुस गरेको आर्थिक स्थिरता र क्षेत्रीय सुरक्षा चिन्तासहित जापानका व्यापक चुनौतिहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक गतिशीलतालाई पुनः आकार दिने र जनताको विश्वास पुनःस्थापित गर्ने अवसर पाएको बताएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij