जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरु इशिवा

जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरु इशिवा

शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरु इशिवा

    काठमाडौं । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् ।  जापानका  पूर्व रक्षामन्त्री शिगेरु इसिबा देशको नयाँ प्रधानमन्त्री बन्नेछन् । 

    शुक्रबार शिगेरु इसिबा जापानको सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) र देशको नेतृत्व गर्नको लागि चुनिएका हुन् । 

    वर्तमान सत्तारुढ एलडीपीका नेता शिगेरु इसिबा प्रधानमन्त्री बन्ने लगभग निश्चित छ। संसदको तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण रहेकाले इसिबा अब जापानको प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

    जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ। पहिलो र दोस्रो चरणको मतदानमा इशिबाले आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका थिए।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij