काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
मंगलबार प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ५९ हजार ७ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कायम भएको छ ।