सात महिनादेखि स्वास्थ्य बीमाको रकम आएन, कोरियन अस्पतालको मात्र २१ करोड बाँकी

सात महिनादेखि स्वास्थ्य बीमाको रकम आएन, कोरियन अस्पतालको मात्र २१ करोड बाँकी

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • सात महिनादेखि स्वास्थ्य बीमाको रकम आएन, कोरियन अस्पतालको मात्र २१ करोड बाँकी

    भक्तपुर । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा भक्तपुरस्थित नेपाल कोरिया नगरपालिका अस्पताल सञ्चालनमा समस्या परेको छ । जेठयता बिमाको रकम नआउँदा बिरामीको लागि खरिद गर्नुपर्ने औषधी खरिददेखि चिकित्सक नर्सको तलवभत्ता दिन समस्या भएको हो । 

    अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.डि.के.रोसनका अनुसार, नेपाल कोरिया नगरपालिका अस्पतालको करिव २१ करोड ५७ लाख रुपैया भुक्तानी आउँन बाँकी रहेको छ । दैनिक नौ सयको हाराहारीलाई सेवा दिदै आएको अस्पतालमा यतिका समयसम्म बिमाको रकम नआउँदा अस्पतालका सेवा प्रभावित हुने अवस्थामा पुगेको मेडिकल सुपरिटेण्डेन्ट डा.रोसनले बताए । 

    डा.रोसनका अनुसार, दशैअघि पैसा नआए कर्मचारीलाई तलव र दशैभत्ता दिन नसक्ने अवस्था आएको छ । अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीको स्वास्थ्य परीक्षणका अलवा औषधी समेत निःशुल्क उपलव्ध गराउँदै आएको छ । 

    लामो समयसम्म स्वास्थ्य बीमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिदमा समेत समस्या भएको डा. रोसनले बताए । रकम भुक्तानीका लागि पटक पटक पत्राचार गर्दा समेत रकम पाउँन नसकेको अस्पतालले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij