काठमाडौं । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको रामल्लाहमा रहेको न्यूज च्यानल अल जजीराको कार्यालयमा छापा मारेको छ । उनीहरूले अल जजीराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश दिएका छन् ।
आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश दियो जनाइएको छ ।
आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाइएको छ । आइतवारको छापामा देखिए जस्तै, अल जजीरामा यो प्रतिबन्ध एक पटकमा ४५ दिनको लागि रहनेछ र थप विस्तार हुन सक्छ। गत मे महिनाको सुरुवातमा पनि नजरथ र पूर्वी जेरुसेलमको अल जजिराको कार्यालयमा छापा मारिएको थियो ।
अप्रिलमा इजरायलको संसदको एउटा कानुन पास गरेको थियो, जसमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएको विदेशी च्यानलको प्रसारण अस्थायी रुपमा बन्द गर्न सक्ने अधिकार सरकारलाई दिइएको थियो ।