काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
शुक्रबार प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कायम भएको छ ।