काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कायम भएको महासघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोलाको १ हजार ९ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।