काठमाडौं । क्यानडाविरुद्ध नेपालले ९ विकेटको फराकिलो जित हाँसिल गरेको छ । क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ३३ बल बाँकी हुँदै पुरा गरेको हो ।
आजको खेलमा अनिल साह र भिम सार्कीले शतक पुरा गरेका छन् । नेपालका लागि अनिल साहले सर्वाधिक ११२ रनको योगदान दिए । भिम सार्कीले खेलमा १०१ रनको योगदान दिए । ओपनिङमा खेलेका कुशल भुर्तेलले भने १३ रन बनाएर आउट भएका थिए ।
आजको जित सँगै नेपालले क्यानडा टुर टू नेपाल सिरिजको तीनैवटा खेलमा जित हाँसिल गरेको छ ।