काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार मंगलबारदेखि घटेको सुनको मूल्य आज विहीबार पनि घट्न पुगेको छ । बुधबार प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।