काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य ६ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।