काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ५७ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कायम भएको छ ।