सन् २०२३ मा नेपालबाट निकालिए ४ सय ५९ विदेशी

सन् २०२३ मा नेपालबाट निकालिए ४ सय ५९ विदेशी

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • सन् २०२३ मा नेपालबाट निकालिए ४ सय ५९ विदेशी

    काठमाडौं । नेपालले सन् २०२३ मा विभिन्न कारणबाट ४ सय ५९ विदेशी नागरिकलाई निष्कासन गरेको छ । गृह मन्त्रालयले आइतबार अध्यागमन सम्बन्धी विषयमा प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको विवरणअनुसार यसमध्ये सबैभन्दा धेरै भिसा अवधिभन्दा बढी बस्ने पर्यटकहरु छन् । 

    अघिल्लो वर्ष नेपालबाट ५ सय ७० जना विदेशी नागरिक निष्कासित भएका थिए ।
     
    निष्कासित भएकामध्ये भिसा अवधिभन्दा बढी बस्ने पर्यटकहरूको संख्या बढी रहेको छ । सन् २०१७ मा निष्काशित हुने विदेशीको संख्या ५ सय ५९ थियो भने २०१८ मा ६ सय ७८ थियो । 

    यस्तै, २०१९ मा ६ सय ७१ जना, २०२० मा ३ सय ३२ जना र २०२१ मा ३०८ जना निष्कासनमा परेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij