काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।