यू-१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

यू-१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • यू-१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

    काठमाडौं । आईसीसी अन्डर नाइन्टिन क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन्। 

    खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको विलोमोर पार्कमा सुरु हुनेछ।  पाकिस्तानलाई  हराउँदै अष्ट्रेलिया छैठौं पटक फाइनलमा पुगेको हो भने चार पटक च्यम्पियन बन्ने दाउमा छ। 

    पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो। ५ पटकको विजेता भारत आईसीसी अन्डर नाइन्टिन विश्वकपको सर्वाधिक सफल टोली हो। 

    जारी विश्व कपमा नेपालले पनि प्रतिस्पर्र्धा गरेको थियो। नेपाल सुपरसिक्समा पुग्दे बाहिरिएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij