वाग्मतीसहित तीनवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

वाग्मतीसहित तीनवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • वाग्मतीसहित तीनवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौं । वाग्मतीसहित तीनवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । मुुलुुकका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    विभागले लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij