भुर्तेलको अर्धशतकमा नेपालले क्यानडालाई दियो २ सय २५ रनको लक्ष्य

भुर्तेलको अर्धशतकमा नेपालले क्यानडालाई दियो २ सय २५ रनको लक्ष्य

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • भुर्तेलको अर्धशतकमा नेपालले क्यानडालाई दियो २ सय २५ रनको लक्ष्य

    काठमाडौं । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय २४ रन बनायो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको अर्धशतकीय इनिङ खेल्नु सर्वाधिक रह्यो । उनले ५८ बल खेल्दै ९ चौक र १ छक्काको सहयोगमा ६२ रन बनाए । त्यस्तै, आरिफ शेखले ३८ रनको योगदान दिँदा सोमपाल कामी २७ रन बनाएर आउट भए । थप दोहोरो स्कोरक रूपमा भीम सार्कीले १७ रन बनाउँदा पवन सरफले १५ रन बनाएका थिए । सूर्य तामाङ १० रनमा अविजित रहे ।

    नेपाललाई मध्यम स्कोरम समेट्ने क्रमम क्यानडाका लागि उदय भगवानले ३ विकेट लिँदा साद विन जफार र इश्वरजत सोहीले समान २-२ विकेट लिए ।नेपालले आज राष्ट्रिय क्रिकेट टोलीमा रिजन ढकाल र सूर्य तामाङलाई डेब्युको अवसर दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij