साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

    काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

    नेपालको जितमा समीर तामाङ र नीराजन धामीले एक एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए ।

    यो जितपछि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

    अब शुक्रबार समूह चरणको अन्तिम खेल समूह बी को भारत र माल्दिभ्सबीच खेल हुँदै छ । अब सेमिफाइनलको समीकरण शुक्रबारको सो खेलपछि हुने भएको छ ।

    समूह बी बाट भारतर भुटानले एक एक खेल जितेका छन् भने माल्दिभ्सले एक खेलमा हार बेहोरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij