ओडिआई वरीयतामा एक स्थान माथि उक्लियो नेपाल, टी–२० मा पहिलेकै वरीयता कायम

ओडिआई वरीयतामा एक स्थान माथि उक्लियो नेपाल, टी–२० मा पहिलेकै वरीयता कायम

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • ओडिआई वरीयतामा एक स्थान माथि उक्लियो नेपाल, टी–२० मा पहिलेकै वरीयता कायम

    काठमाडौं । नेपालको ओडिआई वरीयतामा एक स्थान माथि उक्लिएको छ । क्यानडा वरीयतामा २ स्थान तल झर्दा नेपालले वरीयतामा १ स्थान सुधार गरेको हो ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औं स्थानमा थियो ।

    क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरीयतामा पछि पारेको थियो ।

    तर नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानडाको वरीयता खस्किएको हो । दुई स्थान खस्किएर क्यानडा १८औं स्थानमा पुगेको छ ।

    एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ । नेपालभन्दा अघि रहेका एसोसिएट राष्ट्रमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । ओडिआई वरीयताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् ।

    टि‌ ट्वान्टी आई तर्फ भने नेपाल १७औं स्थानमा कायमै रहेको छ । टि ट्वान्टी आईको शीर्ष स्थानमा भारत कायम छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij