यू १९ विश्वकप खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा

यू १९ विश्वकप खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा

शुक्रवार, पौष २० २०८०
शुक्रवार, पौष २० २०८०
  • यू १९ विश्वकप खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा

    काठमाडौ । आइसिसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।
     १९ जनावरीदेखि दक्षिण अफ्रिकामा आयोजना हुने प्रतियोगिताका लागि देव खनालको कप्तानीमा नेपाली टिमको घोषणा गरिएको हो । नेपाली टिमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी  रहेका छन् ।

    टिमका अन्य सदस्यमा दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी, आकाश चन्द रहृको क्यानले जनाएको छ । नेपालसहित १६ टिमले भाग लिने यसपटकको विश्वकपमा नेपाल समूह डी मा परेको छ। नेपाल रहेको  समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

    नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ। त्यसअघि नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग वाम अप खेल खेल्नेछ।
    वाम अपअघि नेपाली टिम अभ्यासको लागि दक्षिण अफ्रिकी पुग्नेछ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij