बंगलादेशले श्रीलङ्कालाई हराए नेपाल एक खेल अगाडि नै सेमिफाइनल पुग्ने

बंगलादेशले श्रीलङ्कालाई हराए नेपाल एक खेल अगाडि नै सेमिफाइनल पुग्ने

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • बंगलादेशले श्रीलङ्कालाई हराए नेपाल एक खेल अगाडि नै सेमिफाइनल पुग्ने

    काठमाडौं । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा मंगलबार समूह ‘ए’ का बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । आज हुने खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

    जारी च्याम्पियनसिपमा बंगलादेश आफ्नो पहिलो खेल खेल्न लागेको हो । श्रीलंकाले भने दोस्रो खेल खेल्दैछ ।

    श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो । आज पराजित भएको खण्डमा श्रीलंका समूह चरणबाटै बाहिरिनेछ ।

    श्रीलंका पराजित हुँदा वा बराबरीमा मात्रै सीमित रह्यो भने पनि नेपाल भने एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।

    सोमबार भएको समूह ‘बी’ को खेलमा साबिक विजेता भारतले भुटानलाई १–० गोलले हराएको थियो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij