लहानमा फल्यो रङ्गीन काउली, किलोकै दुुई सयमा बिक्री

लहानमा फल्यो रङ्गीन काउली, किलोकै दुुई सयमा बिक्री

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • लहानमा फल्यो रङ्गीन काउली, किलोकै दुुई सयमा बिक्री
    सिरहा । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाएका छन् । उनले गुलाबी र पहेँलो रङ्गका आकर्षक काउली उत्पादन गरेका हुन् । साहले रंगीन काउली फलाएपछि हेर्न आउनेको घुइँचो नै लाग्न थालेको छ । 
     
    सात वर्षअघि वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको साहले स्वदेश फर्किएपछि  भारतबाट काउलीको बीउ झिकाएको बताए । परीक्षणका लागि पाँच धुर जग्गामा लगाएको काउलीले राम्रो उत्पादन दिएको र बजारसमेत राम्रो पाएको साह बताउँछन् । आगामी दिनमा पाँच कट्ठामा सो  खेती विस्तार गर्ने सोचमा रहेको साहले बताए । 
     
    उनको बारीमा अहिले एक किलोसम्मको काउली फलेको छ । फरक रङ्ग र स्वाद भएकाले बजारमा पु¥याउनसाथ बिक्री हुने गरेको साह बताउँछन् । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्ने साहको भनाई छ ।  साहले सोमबार मात्र १६ किलो काउली प्रतिकिलो दुई सय 
    रुपैयाका दरले बिक्री गरेको बताए । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij