दक्षिण अफ्रिकालाई पछिपार्दै भारत यू १९ विश्वकपको फाइनलमा

दक्षिण अफ्रिकालाई पछिपार्दै भारत यू १९ विश्वकपको फाइनलमा

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • दक्षिण अफ्रिकालाई पछिपार्दै भारत यू १९ विश्वकपको फाइनलमा

    काठमाडौँ । दक्षिण अफ्रिकालाई दुुई विकेटले हराउँदै भारत यू १९ विश्वकपको उपाधि नजिक पुुगेको छ । यो जितसंगै भारत १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटमा छैटौँ उपाधिका लागि खेल्ने पक्का भएको हो। मंगलवारराती सकिएको पहिलो सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकाले जितका लागि दिएको २४५ रनको लक्ष्य सात बलअघि ८ विकेट गुमाएर भेट्टायो।

    दक्षिण अफ्रिकाको विलोमूर पार्क, बेनोनीमा भएको खेलमा भारतले ११ ओभर २ बलमा ३२ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो । त्यसपछि म्यान अफ द म्याच उदय सहारन र सचिन दासको जोडीले सुदृढ ब्याटिङ गर्दै भारतलाई जितनजिक पुर्‍याए। कप्तान सहारन र दासको जोडीले पाँचौँ विकेटका लागि १७१ रनको साझेदारी गरे । 

    दासले ९६ रन बनाए भने जितका लागि १ रन चाहिएको अवस्थामा ८१ रन बनाएका कप्तान सहारन आउट भएका थिए । राज लिम्बानी १३ रनमा र नमन तिवारी शून्य रनमा अविजित रहे। दक्षिण अफ्रिकाका लागि क्वेना मफाका र ट्रिस्टन लुसले समान तीन विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो।

    दक्षिण अफ्रिकाका लागि  लुआन्ड्रे प्रेटोरियसले सर्वाधिक ७६ रनको योगदान गरेका थिए। रिचर्ड सेलेट्स–वेनले ६४ तथा कप्तान जुआन जेम्सले २४ रन जोड्दा ट्रिस्टन लुस २३ रनमा अविजित रहे। बलिङतर्फ भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट लिए। यसअघि भारतले यू १९ एकदिवसीय विश्वकप सबैभन्दा बढी पाँचपटक जितिसकेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij