काठमाडौं । आइसिसी विश्वकप लिग(२ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजिक भएको छ। नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित लिग टुको पहिलो शृंखला नेपालले फागुन ३ गतेदेखि आयोजना गर्दैछ ।
नेपाल क्रिकेट संघले सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल फागुन ३ गतेमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । नेपालले फागुन ३ मा नामिबियासँग पहिलो खेल खेल्दैछ। यस्तै फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ।
७ फागुनमा नामिबिया र नेदरल्याण्ड्स, ९ फागुनमा नेपाल र नामिबिया ११ फागुनमा नेदरल्याण्ड्स र नामिबिया तथा १३ फागुनमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । यो आइसिसी लिग–२ को पहिलो सिरिज हो। यो सिरिजपछि यी तीनै देशपछि टी–२० सिरिज हुनेछ।