साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

    काठमाडौं ।  नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

    नेपालको जितमा खेलको २४औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बंगलादेश र श्रीलंकासँग रहेको छ । 

    अब नेपालले समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij