सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुनको मूल्य तोलामै ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । 

    नेपाली बजारमा आज प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च हो।

    गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यो हिसाबले आज एकैदिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको छ।

    आज प्रतितोला चाँदी ५० रुपैयाँले बढेर १ हजार ८१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला चाँदी १ हजार ७६० रुपैयाँमा किनबेच भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij